राप्रपा सरकारमा जाँदैन तर समर्थन गर्छ : अध्यक्ष लिङ्देन
काठमाडौं। संघीय संसद नयाँ बानेश्वरमा जारी सर्वदलीय बैठकबाट बाहिर निस्कने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा नजाने तर समर्थन भने गर्ने बताएका छन्।
उनले अहिले नै राप्रपा सरकारमा नजाने र केही समयपछि मात्रै यस विषयमा निर्णय गर्ने बताए।
यसअघि हिजो आइतबार राप्रपासहित १६६ सांसदको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनले आज साँझा ४ बजे प्रधानमन्त्रीको सपथ खाने कार्यक्रम छ।
सर्वदलीय बैठक सकेर प्रचण्ड राष्ट्रपति निवास शितलनिवासमा जाने तयारीमा छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment