अमेरिकाले आफ्ना नागरिकलाई इस्लामाबादको मेरियट होटलमा नबस्न चेतावनी दियो

डिसी नेपाल
१२ पुष २०७९ ११:४६
56
Shares

काठमाडौं । पाकिस्तानस्थित अमेरिकी दूतावासले आतंकवादीहरूले अमेरिकी नागरिकलाई निशाना बनाउन सक्ने चेतावनी दिँदै इस्लामाबादको मेरियट होटलमा आफ्ना नागरिकहरूलाई बस्न प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध तत्काल लागू हुने दूतावासले जनाएको छ ।

दूतावासले आइतवार एक विज्ञप्ति जारी गर्दै अमेरिकी सरकारले इस्लामावादको मेरियट होटलमा केही अज्ञात व्यक्तिले अमेरिकी नागरिकमाथि आक्रमण गर्ने योजना बनाएको जानकारी प्राप्त गरेको जनाएको छ ।

यसबाहेक इस्लामावादलाई सुरक्षाका दृष्टिले ‘रेड अलर्ट’मा राखिएको र नागरिकलाई कुनै पनि प्रकारको सार्वजनिक सभा र अनावश्यक तथा अनौपचारिक भ्रमणबाट जोगिन आग्रह गरिएको दूतावासले जनाएको छ ।

अमेरिकाको यो चेतावनी तहरिक-ए-तालिबान (टीटीपी) को पछिल्लो आक्रमणपछि आएको हो। नोभेम्बर महिनादेखि टीटीपीको गतिविधि बढेको छ ।

पाकिस्तानको राष्ट्रिय तथ्याङ्क अनुसार सन् २०२१ को अगस्टदेखि पाकिस्तानमा ४२० वटा चरमपन्थी हमला भएका छन्। जसमध्ये टीटीपीले १४१ आक्रमणको जिम्मेवारी लिएको छ ।

२० सेप्टेम्बर २००८ मा, मेरियट होटल अगाडि एक ट्रक विस्फोटमा ५४ जनाको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *