युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरे

डिसी नेपाल
१२ पुष २०७९ १३:१५
56
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुरा गरेको बताएका छन् । जेलेन्स्कीका अनुसार उनले प्रधानमन्त्री मोदीलाई जी–२० अध्यक्षको हैसियतमा भारतले आफूले तय गरेको ‘शान्ति सूत्र’ लागू गर्न काम गर्नुपर्ने बताए ।

उनले ट्वीटमा लेखेका छन्, “मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुरा गरेँ र उहाँलाई जी-२० अध्यक्षको सफल कार्यकालको शुभकामना दिएँ। यही मञ्चबाट मैले शान्ति सूत्रको घोषणा गरें र अब म यसको कार्यान्वयनमा भारतको सहभागिताको अपेक्षा गर्दछु। मैले संयुक्त राष्ट्र संघमा मानवीय सहयोग र समर्थनको लागि उहाँलाई धन्यवाद पनि दिएँ।”

यसअघि पनि प्रधानमन्त्री मोदी र राष्ट्रपति जेलेन्स्कीबीच फोनवार्ता भएको थियो । त्यसपछि पीएम मोदीले युक्रेनमा युद्धको कुनै सैन्य समाधान हुन नसक्ने र भारत कुनै पनि शान्ति प्रयासमा सहयोग गर्न तयार रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *