चीनको खतराबारे ताइवानको निर्णय, हरेक पुरुषले एक वर्ष सेनामा सेवा गर्नुपर्ने
काठमाडौं । ताइवानले देशका सबै पुरुषले सेनामा एक वर्ष सेवा गर्नुपर्ने अनिवार्य गरेको छ । राष्ट्रपति साई इङ-वेनले यो घोषणा गरेकी हुन् ।
उनले चीनको बढ्दो सैन्य दबाबका कारण सेनामा अनिवार्य सेवाको वर्तमान अवधि पर्याप्त नभएको बताइन् । अहिले चार महिना सेवा आवश्यक छ।
समाचार एजेन्सी एएफपीका अनुसार राष्ट्रपति साई इङ-वेनले उच्चस्तरीय सरकारी बैठकपछि पत्रकार सम्मेलनमा चीनको “ताइवानमाथिको खतरा बढ्दै गएको” बताइन् ।
“युद्ध कोही चाहँदैन, तर मेरो देशका जनता, शान्ति आकाशबाट खस्दैन।”
“द्रुत गतिमा परिवर्तन भएको अवस्थामा चार महिनाको सैनिक सेवा पुग्दैन। हामीले एक वर्षको अनिवार्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेका छौं,” उनले भनिन् ।
यो नयाँ नियम जनवरी १, २००५ पछि जन्मेका सबै पुरुषहरूमा लागू हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment