राष्ट्रसंघले तालिबानलाई भन्यो – महिला लक्षित नीति तत्काल खारेज गरियोस्
न्युयोर्क। तालिबानले अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न संयुक्त राष्ट्रसंघले माग गरेको छ। ‘सामाजिक र आर्थिक रूपमा आधा जनसंख्या बहिष्कृत छ भने कुनै पनि देशले विकास गर्न सक्दैन र वास्तवमा बाँच्न सक्दैन’, मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले एक विज्ञप्तिमा भने।
उनले अगाडि भने, ‘महिला र केटीहरूमाथि लगाइएका यी अथाह प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा मात्र बढाउनेछैन बरु अफगानिस्तानको सिमानाबाहिर पनि खतरा निम्त्याउने डर छ।’ उनले नीतिहरूले अफगान समाजलाई अस्थिर बनाउने खतरा रहेको बताए।
शनिबार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए। यसअघि तालिबानले महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment