हाइटीका आप्रवासीलाई क्युबाको सहयोग

डिसी नेपाल
१३ पुष २०७९ २३:०१
24
Shares

हवाना । मध्य क्युबाको उत्तरी तटमा आइपुगेका दुई सय ५३ जना हाइटीका आप्रवासीलाई क्युबाली रेड क्रसले मानवीय सहायता सामग्री प्रदान गरेको छ ।

संयुक्त राज्य अमेरिका जान डुङ्गा चढेका उनीहरू प्रतिकूल मौसमका कारण गन्तव्यतर्फ जान नसकेपछि मध्यरातमा सिगो डे एभिला प्रान्तको कासासा बन्दरगाहमा रोकिएका उनीहरूलाई खाद्य सामग्रीका साथै व्यक्तिगत सरसफाइका सामान प्रदान गरिएको क्युबाली रेडक्रसका सदस्य मारिया गोन्जालेजले बताइन् ।

एकतीस जना बालबालिका र ६१ जना महिलासहित अमेरिक जान लागेका उनीहरूको देखभाल क्युवाली रेडक्रसले गरिरहेको तथा उनीहरूको मूल देशमा व्यवस्थित, सुरक्षित र स्वैच्छिक फिर्ती सुनिश्चित गर्न हाइटीका अधिकारीसँग सम्पर्क गरिएको गोन्जालेजले बताइन् ।

गत मेमा आठ सय ४२ जना हाइटीका नागरिक बोकेको एक अमेरिकी डुङ्गा क्युबाको भिल्ला क्लारा प्रान्तको क्याबेरियनको तटमा आएको थियो भने फेब्रुवरीमा, दुई सय ९२ जना सिगो डे एभिला प्रान्तमा आएका थिए । उनीहरू सबैलाई क्युबाले स्वदेश फिर्ता गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *