बीबीसीका दृष्टिविहीन रिपोर्टरले चोर समाते

डिसी नेपाल
१४ पुष २०७९ १०:५५
84
Shares

काठमाडौं । बीबीसीका एक दृष्टिविहीन रिपोर्टरले भने कि उनले त्यो चोरलाई झम्टिए जसले उनको मोबाइल फोन खोसेको थियो र उनले त्यो मोवाइल फोन फिर्ता लिन सफल भए।

मङ्गलबार राति लन्डनको न्यू ब्रोडकास्टिङ हाउसमा रात्रिकालीन कामबाट विश्राम लिएका सिन डिली (बीबीसी रिपोर्टर) लाई निशाना बनाइएको थियो। मोटरसाइकलमा सवार एक युवकले उनको फोन खोसे तर डिलीले सजिलै हार मानेनन् र आक्रमणकारीलाई पक्रने दोस्रो प्रयास गरे ।

बीबीसी संवाददाताले आक्रमणकारी आफू नजिकै उभिएको थाहा पाउने बित्तिकै उनले आक्रमणकारीलाई भुइँमा लडाए । त्यसपछि उनले उसको हात समातेर आफ्नो फोन फिर्ता लिन सफल भए। यस घटनामा डिलीको कुहिनो र अन्य धेरै भागमा चोट लागेको छ ।

यो घटना बिहान ६ बजे अघिको हो । उनले भ्वाइस असिस्टेन्टको सहयोगमा ९९९ डायल गरे । प्रहरी आउनुअघि नै एक व्यक्तिले उनीहरूलाई सहयोग गर्ने प्रस्ताव राखेका थिए । जब आक्रमणकारीले आफूलाई छुटाउन खोजिरहेको थियो, डिलीले उसलाई सकेसम्म चाँडो त्यहाँबाट जान भनेर छोडिदिए ।

सीन डिलीले भने, “उनले गलत दिनमा गलत दृष्टिविहीन मानिसलाई छाने।” तर आफ्नो कार्यलाई गैरजिम्मेवारपूर्ण भन्दै उनले यस्तो अवस्थामा अरु कोही फसे भने सम्पत्तिका लागि ज्यान जोखिममा नपार्न सुझाव दिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *