पिताको यस्तो बाध्यता, २ छोरी लिएर १ हजार किलोमिटर पैदल हिँडे
काठमाडौं । ४७ वर्षका एक व्यक्ति जागिरको खोजीमा करिब १ हजार किलोमिटर पैदल हिँडे । ११ दिनको यो यात्रामा उनका दुई छोरी पनि साथमा थिए । यस क्रममा उनले मन्दिर र पेट्रोल पम्पमा रात बिताए। तर, बाटोमा एक अपरिचित युवक भेटिएपछि उक्त व्यक्तिको खोजी कार्य पूरा भएको थियो । कुरा थाइल्याण्डको हो ।
द थाइगरको रिपोर्टका अनुसार ४७ वर्षीय नोराफत आफ्ना दुई छोरीहरूलाई पालनपोषण गर्न काम खोज्दै थिए। तर नोराफत बसेको ठाउँमा उनले काम पाएनन् । त्यसैले डिसेम्बर ११ मा उनी जागिरको खोजीमा छोरीहरूसँग रेयोङ सहरतिर जान सातुन सहर छाडे ।
नोराफतसँग न पैसा थियो न त कुनै गाडी। उनी पैदलै एक सहरबाट अर्को सहर जाँदै थिए । ११ दिनमा उनले करिब १ हजार किलोमिटरको दुरी पार गरे । २२ डिसेम्बरमा उनीहरू रेयोङ शहर पुगे।
बाटोमा नोराफत र उनका १० र १२ वर्षका दुई छोरीले मन्दिर, पेट्रोल पम्प र आश्रय गृहमा शरण लिए। यसैबीच उनले प्लुक दाएङ उद्धार टोलीका सराउत पुमामारिन नाम गरेका व्यक्तिलाई भेटे। सराउत एक संस्थासँग सम्बन्धित छन् जसले असहायहरूलाई मद्दत गर्दछ।
सराउतले मिडियालाई भने कि उनलाई एक बाइक सवारले यो परिवारको बारेमा जानकारी दिएको थियो। परिवारलाई बाटोमा हिडिरहेको देखेपछि मोटरसाइकल चालकले परिवारलाई सहयोग गर्न आग्रह गरे ।
सराउतले नोराफतको परिवारलाई प्लुक दाएङ जिल्लाको एउटा सपिङ मल अगाडि बसिरहेको भेट्टाए। उनीहरूलाई भेटेपछि उनले नोराफतलाई निर्माणस्थलमा जागिर दिए । यसका साथै परिवारलाई बस्न कोठाको व्यवस्था गरिएको छ भने छोरीहरूलाई पढ्न विद्यालयको पनि व्यवस्था गरिएको छ ।
नोराफटले आइतवार, डिसेम्बर २५ मा थाई मिडियासँग कुरा गर्दा, उनी भावुक भए र उनको आँखाबाट आँसु आयो। जनताको सहयोगबाट नोराफत निकै खुसी भए । उनले नयाँ जीवन सुरु गर्न सहयोग गरेकोमा मानिसहरूलाई धन्यवाद दिए।
नोराफतले आफू सातुन सहरमा रेस्टुरेन्ट र बारमा काम गर्ने गरेको बताए । तर केही समयअघि उनले जागिर गुमाएका थिए र श्रीमतीसँग पनि छुट्टिएका थिए । नोराफत आफ्नी बहिनीको घरमा आएर बस्न थाले तर जागिर नभई बाँच्न सकेनन् । उसलाई खानाको अभाव थियो, त्यसैले उनले सहर बाहिर गएर जागिर खोज्न थाले, जसमा उनले सफलता पाए ।
सोही क्रममा रेयोङ शेल्टर होमका प्रमुख नोफाना चारोएन्थमले परिवारको हेरचाह संस्थाले गर्ने बताए । उनीहरुका लागि नयाँ घरको व्यवस्था पनि भइरहेको छ । यसका साथै आर्थिक सहयोग पनि गरिनेछ ।







डिसी नेपाल







Facebook Comment