साढे दुई घण्टा प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको वान टू वान वार्तामा के भयो?
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार झण्डै साढे दुई घण्टा वान टु वान वार्ता भयो।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुई सत्तासाझेदार दलका शीर्षनेताबीच भइरहेको वान टु वान छलफलमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको हो।
सरकारको साझा न्युनतम कार्यक्रम बनाउने जिम्मेवारी पाएका अध्यक्ष ओली शुक्रबार बिहान ९ बजेतिर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्। छलफलमा मन्त्रिपरिषद् विस्तार, प्रादेशिक सरकार निर्माणलगायत शक्ति बाँडफाँटका विषयमा कुराकानी भएको थियो।
बिहीबार बालुवाटारमा भएको सत्ता साझेदार दलको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो। प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रिपरिषद विस्तारलगायतका विषय प्याकेजमै टुंग्याउने गरी छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका छन्। त्यसअघि नै सबै पद प्याकेजमा टुंग्याउने गरी दाहाल र ओलीबीच दैनिकजसो भेटवार्ता भइरहेको छ।







डिसी नेपाल








Facebook Comment