सरुवा बढुवाका लागि नेताहरूको घरघरमा नजान प्रहरीलाई गृहमन्त्रीको निर्देशन

डिसी नेपाल
१५ पुष २०७९ १३:३०
480
Shares

काठमाडौं।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजाने प्रहरीलाई निर्देशन दिएका छन्।

नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान निर्देशन दिएका हुन्। उनले कानुन र विधिसम्मत् प्रहरीको बढुवा र सरुवा हुने भन्दै सोहीअनुसार आचारण देखाउन निर्देशन दिएका हुन्।

‘उपप्रधान तथा गृहमन्त्रीज्यू आज प्रहरी प्रधान कार्यालयमा निरीक्षणका लागि आउनु भएको थियो,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने, ‘प्रहरीको सरुवा बढुका कानुन र विधिसम्मत् हुने गृहमन्त्रीज्यूले बताउनुभयो ।’

कानुन र विधिसम्मत् प्रहरीले गर्ने कार्यमा मन्त्रालयको सहयोग रहने र कुनै पनि हस्तक्षेप नहुने गृहमन्त्री लामिछानेले बताएका प्रवक्ता राईले जानकारी दिए।

कामको शिलशिलाबाहेक राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका अधिकारीसँग विभागीय अनुमतिबिना नभेट्न प्रहरीलाई निर्देशन दिएको भोलिपल्ट उपप्रधान तथा गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.