प्रधानमन्त्री प्रचण्डलाई श्रीलंकाका राष्ट्रपतिको बधाई

डिसी नेपाल
१५ पुष २०७९ १९:५८
72
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनलाई राष्ट्रपति विक्रमासिंघेले शुक्रबार टेलिफोन मार्फत् बधाई दिएका हुन् ।

फोन वार्ताको क्रममा दुई नेताहरूबीच नेपाल र श्रीलंकाको मित्रतापूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाललाई यसअघि भारत र चीनका प्रधानमन्त्रीले बधाई तथा शुभकामना व्यक्त गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.