यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

डिसी नेपाल
१६ पुष २०७९ ६:४४
68
Shares

आज ३१ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

नाइजेरियामा कु

सन् १९८३ मा नाइजेरियामा कु भएको थियो। ३१ डिसेम्बरमा सेनाले कु गरी तत्कालिन सरकार प्रमुख सिहु सागरी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो।

चीनको वुहानमा सबैभन्दा पहिला कोभिड देखिएको दिन

सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड १९ नाम दिएको थियो । विभिन्न भेरियन्टमा देखिएको कोभिडले विश्वव्यापी महामारी बनेको छ। कोभिडका कारण अहिलेसम्म विश्वमा ५३ लाख ७० हजारको ज्यान गएको छ।

अमेरिकाद्वारा पानामा क्यानल पानामलाई हस्तान्तरण

लामो समयदेखि आफ्नो नियन्त्रणमा रहेको पानामा क्यानललाई सन् १९९९ मा अमेरिकाले औपचारिक रुपमा पानामालाई हस्तान्तरण गरेको थियो।

सौर्यमन्डलमा दुर्लभ घटना

सन् २००९ को ३१ डिसेम्बरमा एउटा दुर्लभ घटना भएको थियो। सो दिन ब्लू मुन र चन्द्र ग्रहण एकै दिन परेको थियो। सौर्यमन्डलमा अव यस्तै दुर्लभ क्षण सन् २०२८ को नयाँ वर्षको पूर्वसन्ध्यामा देख्न पाइनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *