गजल : तिमी

बालकुमारी घिमिरे गजलिका
१६ पुष २०७९ १०:१४
64
Shares

तिमी आयौ नजिकमा प्रेमको प्याला लिएर
भएँ हर्षित असाध्यै आउँदा आभा लिएर

थिए अड्चन तिमीले काटेका सारा डगरमा
बिना सङ्कोच चाल्यौ पाउ दृढ इच्छा लिएर

चुनेका छन् तिमीलाई पुगेका छौ सदनमा
तिमी जाऊ नयाँ आवाज जनताका लिएर

खुशी खोज्दै म आएँ गाउँघर छोडेर परदेश
दिँदै पसिना छु खोजेको खुसी पैसा लिएर

भयौ टाढा तिमी आखिर बुझेनौ मर्म मेरो
छु बाँचेको विगतका सम्झना मुटुमा लिएर

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *