पुटिन र सी जिनपिङबीच वार्ता, ताइवानमा चीनको अडानलाई रुसको समर्थन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी वर्षको सुरुमा रुसको राजकीय भ्रमणमा आउन सक्ने आश रहेको बताएका छन् । यद्यपि रुसले यसको मितिबारे केही बताएको छैन।
सरकारी टेलिभिजनमा प्रसारित दुई नेताहरू बीचको भिडियो कन्फरेन्समा टिप्पणीमा पुटिनले चीनसँग सैन्य सहयोग सुदृढ गर्ने लक्ष्य राखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
करिब आठ मिनेटसम्म चलेको पुटिनको कथनले रसियालाई पश्चिमी शक्तिहरूबाट टाढा राख्न आह्वान गर्यो “जसले युक्रेन विरुद्ध कदम चाल्न र युक्रेनलाई हतियार उपलब्ध गराउन बाध्य पारेर रसियालाई राजनीतिक र आर्थिक रूपमा हानि पुर्याउने प्रयास गरेका छन्।”
चीनलाई आउन निमन्त्रणा गर्दै उनले भने, ‘महत्वपूर्ण विषयमा रुस–चीनबीच भएको सम्झौताले विश्वलाई आफ्नो शक्तिको बारेमा बताउछ ।
यससँगै रुसले ताइवानमा चीनको अडानलाई सार्वजनिक रूपमा समर्थन गरेको छ र पश्चिमी देशहरूले उनीहरूलाई तनाव बढाउन उक्साएको आरोप लगाएको छ।
रुसको आक्रमणको विषयमा जिनपिङ सहजै देखिन्थे। चीनले अहिलेसम्म आलोचनाबाट टाढा रहँदै शान्तिमा जोड दिँदै आएको छ।
यस क्रममा जिनपिङले पुटिनलाई ‘मित्र’ भन्दै सम्बोधन गरेका थिए । पुटिन संयमित देखिन्थे। तर, पुटिनले विश्व कठिन समयबाट गुज्रिरहेको बेला चीन रुससँग रणनीतिक सहयोग बढाउन तयार रहेको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment