कैलालीमा हाइस दुर्घटना, एकको मृत्यु, १८ जना घाइते

डिसी नेपाल
१६ पुष २०७९ १४:२१
56
Shares

धनगढी । कैलालीमा शनिबार बिहान हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरबाट लम्कीका लागि छुटेको सुप्र ०२००१ ज ४०६ नम्बरको हाइस कैलालीको गौरीगंगा नगरपालिका-६ वनवेहडामा दुर्घटना भएको हो।

दुर्घटनामा परी कैलालीको लम्की–चुहा नगरपालीकाकी ७३ बर्षीया कर्मा प्याकुरेलको मृत्यु भएको छ। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

दुर्घटनामा परी थप १८ जना घाइते भएका छन् । घाइतेको पहिचान खुल्न बाँकी छ । हाईस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *