दुर्घटनामा युवकको मृत्यु
तनहुँ । बन्दीपुर गाउँपालिका–५ याम्पास्थित पृथ्वी राजमार्ग सडकखण्डमा बस र स्कुटर एकापसमा ठोक्किँदा आज एक युवकको ज्यान गएको छ ।
बसको ठक्करबाट भानु नगरपालिका–१३ समजुर निवासी ३२ वर्षीय शेखमहमद रखिम मियाँको ज्यान गएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका मियाँको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको प्र नं ३–०१–००६ ख ०९२४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५५४ नंको स्कुटर एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । बसचालक जिल्ला सिन्धुली गोलञ्जोर गाउँपालिका–४ बस्ने ३३ वर्षीय चुक्रबहादुर ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
Facebook Comment