विश्व इतिहासमा आजः गणतन्त्र चीन स्थापनादेखि युरोपेली देशमा साझा मुद्रा युरो

डिसी नेपाल
१७ पुष २०७९ ६:४४
28
Shares

आज १ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

युरोपेली देशमा साझा मुद्रा युरो

सन् १९९९ मा युरोपका ११ देशमा साझा मुद्रा युरो प्रचलनमा आएको थियो । सुरुवाती दिनमा बैंक ट्रान्फरमा युरोले बैधता पाए पनि सन् २००२ को १ जनवरीदेखि नोट तथा सिक्का प्रयोगमा आएका थिए। युरोपेली देशमा साझा मुद्राको प्रयोगसँग ती देशमा व्यापार कारोबार सहज भएको छ।

चेकोस्लाभिया विघटन

सन् १९९३ मा चेकोस्लाभिया विघटन भएको थियो। शान्तिपूर्ण ढंगले चेकोस्लाभिया विभाजित भएपछि चेक रिपब्लिक र स्लोभाक गणतन्त्र स्थापना भएका थिए।

रसिया महासंघको स्थापना

सन् १९९२ मा कम्युनिस्ट मुलुक रसिया महासंघको स्थापना भएको थियो । सोभियत युनियनको विघटनपछि आजकै दिन अर्थात १ जनवरीमा रसिया महासंघ स्थापना भएको थियो।

युरोपेली आर्थिक समुदाय स्थापना

सन् १९५८ मा युरोपेली आर्थिक समुदाय (इइसी) स्थापना भएको थियो । इइसी अहिलेको युरोपेली युनियनको अग्रज हो।

गणतन्त्र चीन स्थापना

सन् १९१२ मा गणतन्त्र चीन स्थापना भएको थियो । सन् १९४९ मा नाम फेरेर जनगणतन्त्र चीन राखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *