युक्रेनमा पछिल्लो हमलापछि जेलेन्स्कीले भने–पुटिनले रुसलाई बर्बाद गर्दैछन्

डिसी नेपाल
१७ पुष २०७९ १७:२८
92
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी नागरिकलाई आफ्ना नेता भ्लादिमिर पुटिनले रुसलाई बर्बाद गरिरहेको बताएका छन् । रुसी राष्ट्रपति पुटिनको नयाँ वर्षको सम्बोधनपछि जेलेन्स्कीले यो भाषण दिएका हुन् ।

यसअघि सन् २०२२ को अन्तिम दिन युक्रेनभर क्षेप्यास्त्रद्वारा घातक हमला गरिएको थियो। यसबारे जेलेन्स्कीले युक्रेनका जनताले रुसलाई माफ नगर्ने बताएका छन् ।

शनिबार भएको आक्रमणमा कम्तिमा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । यसैबीच, युक्रेनी अधिकारीहरूले आइतबार नयाँ वर्ष सुरु भएको केही घण्टाभित्रै राजधानी किभमा फेरि मिसाइल हमला भएको बताएका छन्।

मृत्यु हुनेको यकिन तथ्याङ्क भने आउन बाँकी छ । पछिल्लो आक्रमणपछि युक्रेनका जनतामा क्रोध र घृणाको वातावरण देखिएको छ । रुसले राजधानी कीभमा मिसाइल प्रहार गर्दा युक्रेनका धेरै बासिन्दाहरूले राष्ट्रिय गान गाए।

युक्रेनी अधिकारीहरूले रसियाले नयाँ वर्ष मनाउन भेला भएका आफ्ना नागरिकहरूलाई जानाजानी निशाना बनाएको आरोप लगाएका छन्। तर, रुसले बारम्बार सर्वसाधारणलाई निशाना बनाएको आरोप अस्वीकार गर्दै आएको छ ।

भ्लादिमिर पुटिनले भर्खरै स्वीकार गरेका छन् कि रूसले युक्रेनको महत्त्वपूर्ण ऊर्जा परियोजनाहरूलाई लक्षित गरेको छ। पछिल्लो केही हप्तामा दर्जनौं रुसी आक्रमणले युक्रेनमा बिजुली अवरुद्ध भएको छ।

अर्कोतर्फ, युक्रेनका सेना प्रमुख भ्यालेरी जालुज्नीले शनिबार आफ्नो वायु रक्षा प्रणालीले रुसका २० क्रुज मिसाइलमध्ये १२ वटा खसालेको दाबी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *