सोमबार देशभरका प्रजिअहरुको भर्चुअल बैठक बस्दै, गृहमन्त्रीले आवश्यक निर्देशन दिने

डिसी नेपाल
१७ पुष २०७९ २१:०५
380
Shares

काठमाडौँ । गृहमन्त्रालयले सोमबार विहानलाई देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरुको बैठक बोलाएको छ ।

उपप्रधान तथा गृमन्त्री रवि लामिछानेको निर्देशनमा देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखहरुहरुको संयुक्त बैठक बोलाइएको हो ।

मन्त्रालयका अनुसार बैठक भर्चुअल हुनेछ । गृह मन्त्रालयले सोमबार बिहान ९ बजेका लागि ७७ वटै प्रजिअ र जिल्ला सुरक्षा समितिमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई सम्बोधन गर्ने भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार सोमबारको भर्चुअल बैठकमा देशभरको प्रशासनिक र सुरक्षा अवस्थाबारे मन्त्रीले जानकारी लिने कार्यतालिका रहेको छ ।

‘जिल्लाको अवस्थाबारे सुन्ने, प्रशासनबाट प्रवाह गरिने सेवालाई चुस्तदुरुस्त बनाउन आवश्यक निर्देशन दिनेमा बैठक केन्द्रीत हुनेछ’, प्रवक्ता पोखरेलले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.