सिक्लेसमा २ घर जलेर नष्ट, पूर्व वडाध्यक्षको मृत्यु

डिसी नेपाल
१८ पुष २०७९ ९:३६
248
Shares

पोखरा। कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन्। घर जल्दा पूर्व  वडाध्यक्षको मृत्यु भएको छ। मादी गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुरज कुमार गुरुङको आगोले जलेर मृत्यु भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए।

आइतबार राति पौने ९ बजे आगलागी हुँदा गुरुङ घरभित्रै रहेका र घरसँगै जलेर उनको मृत्यु भएको बताइएको छ। तर, आगलागीको समयमा घरबाट निस्किन सक्ने अवस्था भएपनि उनी भित्रै रहनुमा रहस्यमय हुन सक्ने आशंका गरिएको छ। गुरुङको घर ढुंगामाटो र टिनको छानाले छाइएको थियो।

आगलागीमा नजिकै रहेको टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रुपमा नष्ट भएको छ। घरमा रहेका अन्नपातदेखि सबैकुरा जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले बताए। आगलागीको कारण भने अझै खुलेको छैन।

आगो करिव ११ बजे स्थानीय भेला भएर निभाएका हुन्। क्षतिको विवरण आएको छैन। मृतक गुरुङ २०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *