२०२२ मा भारतीय रूपैयाँ ११ प्रतिशत कमजोर, नेपाली रूपैयाँ पनि त्यही अनुपातमा कमजोर
काठमाडौं । गत वर्ष, भारतीय रूपैयाँ ११ प्रतिशतभन्दा बढी कमजोर भयो, जुन २०१३ यताकै सबैभन्दा खराब प्रदर्शन हो। एसियाका मुद्राहरूमध्ये रुपैयाँको यो अवस्था सबैभन्दा खराब रहेको छ ।
भारतीय रूपैयाँ जति कमजोर हुन्छ नेपाली रूपैयाँ पनि त्यति नै कनजोर हुन्छ किनकि नेपाली रूपैयाँ र भारतीय रूपैयाँको स्थिर विनिमय दर छ । नेपाली मुद्रामो अरू विदेशी मुद्रासँगको विनिमय दर निर्धारण भारतीय रूपैयाँलाई आधार मानेर गरिन्छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार २०२१ को अन्तिम दिन एक अमेरिकी डलरको मूल्य ७४.२९ भारतीय रुपैयाँ थियो, जुन २०२२ को अन्तिम दिन ८२.६१ रुपैयाँ पुगेको थियो। यसरी एक वर्षभित्रै डलरको तुलनामा भारतीय रुपैयाँ ८.३२ रुपैयाँले कमजोर भएको छ ।
विदेशी मुद्रा बजारमा अस्थिरता, युक्रेन युद्धका कारण विश्वमा कच्चा तेल महँगो र त्यसबाट उत्पन्न मुद्रास्फीतिका कारण भारु कमजोर भएको विज्ञहरुले बताएका छन् ।
अर्कोतर्फ, अमेरिकी डलर सन् २०१५ यताकै बलियो स्थितिमा देखिएको छ । मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउनुपरेको थियो । जसका कारण डलरमा विदेशी लगानी बढ्यो र डलर बलियो भयो ।
२०२२ मा विदेशी लगानीकर्ताहरूले भारतको पुँजी बजारबाट १.२२ लाख करोड र ऋण बजारबाट १७ हजार करोड निकाले। यस्तो अवस्थामा भारतीय रिजर्भ बैंकले २०२२ मा धेरै पटक डलरलाई बजारमा ल्याउनुपर्ने भयो।







डिसी नेपाल







Facebook Comment