पप गायिका शाकिराको १२ वर्षको सम्बन्ध टुट्यो, सामाजिक सञ्जालमा यसरी पोखिन् दुःख

डिसी नेपाल
१८ पुष २०७९ १२:५१
5.1k
Shares

काठमाडौं । चर्चित पप गायिका शकिराको गत वर्ष मात्रै ब्रेकअप भएको थियो । शकिरा स्पेनिस फुटबलर जेरार्ड पिकेसँग करिब १२ वर्षदेखि सम्बन्धमा थिइन् । दुबै जना सार्वजनिक रुपमा प्रेममा डुबेका देखिन्थे । यो जोडीको अचानक ब्रेकअपले फ्यानलाई स्तब्ध बनाएको थियो, यो जोडीको बिछोडको धेरै चर्चा भएको थियो । तर, त्यसपछि कसैलाई शकीरा र जेरार्डको अलग हुनुको कारण थाहा थिएन।

फुटबल खेलाडी जेरार्डले शकिरालाई धोका दिएको हुनसक्ने अनुमान प्रशंसकहरूले गरेका थिए । तर पनि उनीहरूले आधिकारिक बयान दिएका थिएनन्। अब शाकिराले भर्खरै यस्तो पोस्ट गरेर फ्यानहरूलाई नयाँ वर्षको शुभकामना दिइन्, जसले सबैलाई उनीहरूको ब्रेकअपको वास्तविक कारण के हो भनेर संकेत दिएको छ। पोस्ट पढेपछि फ्यानले पनि शकिरालाई कडा समर्थन गरिरहेका छन् ।

शकिराले नयाँ वर्षको अवसरमा स्पेनिस भाषामा नोट लेखिन् । यो पोस्टबाट, फ्यानहरूले उनले पाएको पीडा महसुस गरे। शकिराले लेखेकी छिन्, ‘यदि नयाँ वर्षमा पनि हाम्रा घाउहरु ताजै छन् भने समयले मात्र राम्रो सर्जन बनेर निको पार्न सक्छ । यदि कसैले हामीलाई धोका दिए पनि, हामीले अरूलाई विश्वास गर्न बिर्सनु हुँदैन। अपमानको सामना गर्दा पनि आफ्नो मूल्य पहिचान गर्न नबिर्सनुहोस्। किनकी यो संसारमा ठग र धोका दिने भन्दा धेरै राम्रा मान्छेहरु छन् । उदासीनता भन्दा धेरै सहानुभूति देखाउने मानिसहरू हामीलाई छोडेर जानेहरू भन्दा बढी सहयोगी हुन्छन्।’

शकिराले थप लेखिन्– ‘हाम्रा आँसु अर्थहीन छैनन् । तिनीहरूले माटोलाई सिंचाई गर्छन् जसबाट हाम्रो भविष्य राम्रो हुनेछ। हाम्रो आँसुले हामीलाई मानव बनाउँछ। जसले गर्दा मुटुमा हुने हरेक पीडालाई सहेर अगाडि बढ्ने शक्ति मिलोस् ।’

शकिरा र जेरार्ड सन् २०१० देखि एकअर्कालाई डेट गरिरहेका थिए। दक्षिण अफ्रिकामा भएको विश्वकपमा शकिराको एल्बम वाका वाकाको स्क्रिनिङका क्रममा यी दुईको पहिलो भेट भएको थियो । यस पछि, २०१३ मा एक साक्षात्कारमा, शकीराले पुष्टि गरिन् कि उनी जेरार्डलाई माया गर्छिन्। यसअघि सन् २०११ मा जेरार्डले पनि सामाजिक सञ्जाल पोस्टमार्फत शकिराप्रति आफ्नो प्रेम व्यक्त गरेका थिए । शाकिरा र जेरार्डले स्टेजमा सबैको अगाडि एकअर्कालाई चुम्बन गरे। शकिराले आफ्नो पोस्ट मार्फत आफूलाई कसरी धोका दिइएको थियो भन्ने बताएकी छिन् । लामो सम्बन्धको बाबजुद उनको प्रेमी जेरार्डले उनलाई धोका दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *