एटिएम फोड्दै गरेको अवस्थामा २८ वर्षीय युवक पक्राउ
काठमाडौँ। एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई प्रहरीले पक्राउ गरेको हो।
स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment