रुस-युक्रेन युद्ध: कीभ र पूर्वी युक्रेनमा ड्रोन आक्रमण जारी, धेरै भवनहरूमा क्षति
काठमाडौं । रुसबाट ताजा ड्रोन र मिसाइल आक्रमणको बीचमा आइतबार राति कीभमा हवाई आक्रमणको साइरन बज्यो। कीभका क्षेत्रीय गभर्नर ओलेक्सी कुलेबाले मध्यरातअघि सुरु भएको आक्रमणमा धेरै महत्त्वपूर्ण भवनहरू क्षतिग्रस्त भएको बताए।
राजधानीका मेयरले रुसी ड्रोनको भग्नावशेषका कारण कीभमा एकजना घाइते भएको बताए । विगत केही दिनदेखि रुसबाट जारी आक्रमण नयाँ वर्षमा पनि रोकिएको छैन ।
यसैबीच, युक्रेनको सशस्त्र सेनाले नयाँ वर्षको पूर्वसन्ध्यामा रुसको कब्जामा रहेको डोनेट्स्क क्षेत्रको माकिभकामा ४०० रुसी सैनिक मारिएको जनाएको छ।
अचम्मको कुरा के छ भने रुस समर्थक प्रशासनले पनि यी मृत्युलाई स्वीकार गरेको छ । यद्यपि रुसले मारिने सैनिकको संख्या भने बताएको छैन । बीबीसीले यो संख्या पुष्टि गर्न सक्दैन।
नयाँ वर्षको सन्देशमा राष्ट्रपति पुटिनले रुसले आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाका लागि लड्ने बताएका छन् । युक्रेनको सेनाले सोमबार स्थानीय समय अनुसार एक बजे चेतावनी जारी गरेको छ।
“कीभमा हवाई आक्रमण…राजधानीमा हवाई अलर्ट,” यो सामाजिक मिडिया साइट टेलिग्राममा घोषणा गरिएको थियो। सहरका सैन्य प्रमुख सेर्ही पोप्कोले मानिसहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्।







डिसी नेपाल







Facebook Comment