अन्तर्राष्ट्रिय मुद्रा कोष प्रमुखले भनिन्– २०२३ कठिन हुनेछ, एक तिहाइ विश्वले मन्दीको सामना गर्नुपर्नेछ

डिसी नेपाल
१८ पुष २०७९ १६:४५
44
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुखले यो वर्ष विश्वको एक तिहाइ अर्थतन्त्रले मन्दीको सामना गर्ने चेतावनी दिएकी छिन् । क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोपेली युनियन र चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण सन् २०२३ अघिल्लो वर्षभन्दा ‘कठिन’ हुने बताइन् ।

युक्रेनमा जारी युद्ध, तीव्र गतिमा बढिरहेको महंगी, उच्च ब्याजदर र चीनमा कोरोनाको फैलावटले विश्व अर्थतन्त्रमा भार बढाएको छ । जर्जिएभाले सीबीएस कार्यक्रम फेस द नेसनमा भनिन्, “हामी विश्वको एक तिहाइ अर्थतन्त्र मन्दीमा पर्ने अनुमान गरिरहेका छौं।”

उनले यो पनि भनिन्, “मन्दीको चपेटामा नपर्ने देशमा करोडौं नागरिकहरू मन्दीको चपेटामा पर्नेछन् ।”

युक्रेन युद्ध र विश्वभरका देशहरूमा बढ्दो ब्याजदरका कारण आईएमएफले गत वर्ष अक्टोबरमा सन् २०२३ को अर्थतन्त्रको वृद्धिदर प्रक्षेपण पनि घटाएको थियो ।

जर्जिएभाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका लागि २०२३ को सुरुवात कठिन हुने चेतावनी दिएकी छिन् ।

“आगामी केही महिना चीनका लागि कठिन हुने छ र यसले चीनको विकास दरमा नकारात्मक प्रभाव पार्नेछ, यसले सम्पूर्ण क्षेत्रलाई नकारात्मक असर पार्नेछ, यसले विश्वव्यापी वृद्धि दरमा नकारात्मक प्रभाव पार्नेछ,” उनले भनिन्।

आइएमएफ १९० सदस्य राष्ट्रहरूको संगठन हो। यी सबै देशहरूले विश्व अर्थतन्त्रलाई स्थिर राख्नका लागि काम गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *