अष्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु

डिसी नेपाल
१९ पुष २०७९ ७:२०
52
Shares

सिड्नी। अस्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। एउटा हेलिकोप्टर तटबाट केही फिट नजिकैको बालुवमाथि उत्तानो परेको थियो।

‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्’ क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवहाक निरीक्षक ग्यारी वोरिलले भने।

त्यस्तै दुर्घटनाग्रस्त हेलिकोप्टका पंखाहरु केही टाढा उछिट्टिएका थिए । दुर्घटना लगत्तै घटनास्थलमा उद्दार टोली र प्रहरी परिचालन गरिएको थियो।

घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा व्युरोले अनुसन्धान सुरु गरेको छ । दुर्घटनालाई व्युरोले मध्य आकाशमा ठोक्काइ’ भनेको छ। यसैबीच, अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रसत हेलिकोप्टरको भग्नावेशषको जाँच गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *