बालविवाह अन्त्यका लागि रणनीतिक योजना बन्दै

डिसी नेपाल
१९ पुष २०७९ ८:२८
32
Shares

सुर्खेत। मुगुमा बालविवाह अन्त्यका लागि पहल सुरु भएको छ। छायानाथ रारा नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनीति योजना बनाउन लागेको छ। मेयर विष्णुकुमार भामले १४ वडामध्ये ४, ५, ६, ३, १०, ११, १३, १४ मा बालविवाह बढी भएको पाइएको बताए।

सबै वडामा नगरपालिकाले बालविवाह अन्त्यका लागि योजना बनाइ कार्यक्रम लागू गर्ने उनले जनाए। बालविवाह न्यूनिकरण गर्दै पुरै नगरमा अन्त्यसम्म गर्नका लागि रणनीतिक योजना बनान मस्यौदा समिति बनाउन लागिएको छ।

योजनामा कार्यक्रम, लागत, लक्ष्य, उपलब्धी, स्रोतको सुनिश्चता, जिम्मेवार निकाय, जिम्मेवार व्यक्ति, सूचकहरु समेटन लागिएको छ। सोही रणनीतिक योजनाले प्रस्ताव गरेको बजेट सुनिश्चिताको लागि काम भइरहेको छ। हिउँदे अधिवेशनमा बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने निर्णय पारित गराउने पनि नगरप्रमुख भामले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *