रुसी ड्रोन आक्रमण बढेपछि जेलेन्स्कीले आफ्नो सेनालाई के भने ?
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनालाई रुसी ड्रोन आक्रमणमा युक्रेनी आकाश हेर्नेहरूलाई अझ सतर्क रहन भनेका छन्।
उनले युक्रेनको मनोबल तोड्न रुसले लामो समयदेखि ड्रोन आक्रमण गर्ने योजना बनाएको बताएका छन् ।
यससँगै जेलेन्स्कीले आफूलाई गुप्तचर रिपोर्ट प्राप्त भएको बताएका छन् जसबाट रुसले इरानमा बनेको शाहेद ड्रोन प्रयोग गरेर आक्रमण गर्ने जानकारी आएको छ ।
जेलेन्स्कीको बयान युक्रेनको आक्रमणपछि आएको हो जसमा उनले डोनबास क्षेत्रमा सयौं रुसी सैनिक मारेको दाबी गरेका थिए।
रुसले पनि युद्धभूमिमा भएको हार स्वीकार गर्दै यस आक्रमणमा आफ्ना ६३ सैनिकको मृत्यु भएको बताएको छ ।
किभबाट आफ्नो देशका जनतालाई सम्बोधन गर्दै भोलोदिमिर जेलेन्स्कीले भने कि रुसले लगातार ड्रोन आक्रमण गरेर युक्रेनलाई थकाउन चाहन्छ।
उनले भने, “हामीले यसलाई असफल पार्नको लागि सक्दो प्रयास गर्नुपर्छ र आतंकवादीहरूको यो योजना पनि अन्य योजनाहरू जस्तै असफल हुन्छ भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । अब हवाई क्षेत्रको अनुगमनमा संलग्नहरूले विशेष चनाखो हुनुपर्ने बेला आएको छ ।
पछिल्लो केही दिनयता युक्रेनमा रुसी ड्रोन आक्रमणको संख्या बढेको छ । पछिल्लो तीन दिनदेखि रुसले गरिरहेको आक्रमणमा युक्रेनी सहर र ऊर्जा केन्द्रहरूलाई निशाना बनाइएको छ ।







डिसी नेपाल







Facebook Comment