पारस खड्काले भने– नेपाल टी–२० लिगमा स्पट फिक्सिङको खबरले स्तब्ध बनाएको छ
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङको खबरले स्तब्ध बनाएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटले विभिन्न अध्याय,संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रममा नेपाल टी–२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको लेखेका छन् । यो घटनाले खेलाडीहरुको वर्षौं देखिको लगाव, खेलप्रेमीहरुको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाई चोट पु¥याएको पनि बताएका छन् ।
यस अपराधको दोषीलाई कारवाहीको माग गर्दै उनले लेखेका छन्, ‘नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थियो । यो अनवरत यात्रा र उतारचडावकै बीच नेपाल टी२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ। खेलाडीहरुको वर्षौं देखिको लगाव , खेलप्रेमीहरुको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले यो खेल संग सम्बंधित सबैलाइ चोट पुर्याएको छ। यो अपराधको निष्पक्ष छानविन गरेर दोषीलाइ कडा कारवाही गरियोस ।’
मगंलबार मात्रै नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको खबर बाहिरिएको थियो । खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै खेल रोकिने अवस्था आएको थियो भने आयोजक सम्पर्कबिहिन छन् । यस्तै लिगका कमेन्टेटर सचिन तिमल्सेनाले पनि फिक्सिङको आशंका गर्दै लिग छाडेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment