अमेरिकाले २ लाख ५० हजार ट्विटर अकाउन्ट निलम्बन गर्न खोजेको मस्कको खुलासा
न्युयोर्क। ट्विटरका प्रमुख एलोन मस्कले अमेरिकी सरकारले पत्रकार र क्यानाडाली अधिकारीहरू सहित २ लाख ५० हजार ट्विटर अकाउन्ट निलम्बन गर्न माग गरेको खुलासा गरेका छन्। उनले पत्रकार म्याट ताइबीद्वारा सार्वजनिक गरिएको ‘ट्विटर फाइलहरू’ को पछिल्लो चरण सेयर गर्दा सो खुलासा गरेका हुन्।
‘अमेरिकी सरकारी एजेन्सीले पत्रकार र क्यानाडाका अधिकारीसहित २ लाख ५० हजार अकाउन्ट खाताहरू निलम्बन गर्न माग गर्यो’, मस्कले ट्वीट गरे।
आन्तरिक ट्विटर पत्राचारको नयाँ रिलिजले सोसल मिडिया कम्पनी र सरकारी एजेन्सीबीचको सम्बन्धको विवरण दिन्छ। ताइबीले प्लेटफर्ममा रुसी हस्तक्षेपको खोजी गर्न कांग्रेससँग हात मिलाएर काम गर्न ट्विटरमा अमेरिकी सरकारको बढ्दो र अनन्त दबाबको खुलासा गरेको फक्स न्युजले रिपोर्ट गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment