पाकिस्तानको आरोपप्रति आक्रोशित तालिबान सरकार, जिम्मेवारी सम्झायो

डिसी नेपाल
२० पुष २०७९ ११:४७
72
Shares

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले छिमेकी मुलुकसँग राम्रो सम्बन्ध स्थापना गर्ने इच्छा व्यक्त गर्दै पाकिस्तानलाई कडा जवाफ दिएको छ ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, “अफगानिस्तानको सरकार पाकिस्तानलगायत आफ्ना छिमेकीहरूसँग शान्तिपूर्ण सम्बन्ध चाहन्छ र यसलाई प्राप्त गर्न कुनै पनि माध्यममा विश्वास गर्छ।”

हालै, पाकिस्तानी अधिकारीहरूले अफगानिस्तानको बारेमा एक बयान दिए, जसलाई तालिवान प्रवक्ताले खेदजनक भनेका छन्। अफगानिस्तानले आफ्नो भूमि पाकिस्तान वा अन्य कुनै देशविरुद्ध प्रयोग हुन नदिने प्रयास गरिरहेको बताएको छ ।

“हामी यसमा प्रतिबद्ध छौं, तर स्थिति समाधान गर्ने जिम्मेवारी पाकिस्तानको पनि छ। निराधार र उत्तेजक कुरा नगर्नुहोस् किनकि यस्ता कुरा र अविश्वास कसैको लागि हितकारी हुँदैन।

उनले अफगानिस्तानले आफ्नो देश र सम्पूर्ण क्षेत्रमा शान्ति र स्थिरता चाहेको बताए। यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तानको भूमि पाकिस्तानविरुद्ध अतिवादका लागि प्रयोग भइरहेको आरोप लगाएका थिए ।

पाकिस्तानमा हालै भएका केही चरमपन्थी हमलाहरूमा तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) को नाम आएपछि दुई देशबीचको यो टकराव देखिएको हो। टीटीपीलाई पाकिस्तान तालिबान पनि भनिन्छ जुन अफगान तालिबानसँग सम्बन्धित मानिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *