इमरान खानले भने – ‘हो म प्लेब्वाय थिएँ, देवदूत होइन’
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सेवानिवृत्त सेना प्रमुख जनरल कमर जावेद बाजवाको बारेमा ठूलो खुलासा गरेका छन् । इमरान खानले खुलासा गरेका छन् कि एक भेटमा जनरल कमर जावेद बाजवाले उनलाई ‘प्लेब्वाय’ भनेका थिए । इमरान खानले जनरल बाजवाले यो कुरा प्रधानमन्त्रीको रूपमा उनको अन्तिम बैठकमा भनेको बताएका छन् । त्यसपछि उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर संवैधानिक पदबाट हटाइएको थियो ।
पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानले लाहोरस्थित आफ्नो निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उक्त बयान दिएका हुन् । यस क्रममा इमरान खानले आफ्नो विरुद्ध भाइरल भइरहेको कथित सेक्स अडियोको बारेमा पनि कुरा गरे । वास्तवमा, त्यस्ता तीनवटा आपत्तिजनक अडियोहरू इमरान खानको भएको दाबी गरिएको छ। नाम नलिई इमरान खानले शाहबाज शरीफ सरकारलाई निशाना बनाउदै फोहोर अडियो र भिडियो मार्फत हाम्रा युवाहरुलाई के सन्देश दिइरहेका छौँ भनेर सोधे ।
इमरान खानले भने कि अगस्त २०२२ मा तत्कालीन सेना प्रमुख जनरल कमर बाजवा पनि इमरान खानसँगको बैठकमा सहभागी भएका थिए। भेटका क्रममा बाजवाले इमरानसँग केही अडियो र भिडियो रहेको बताए । यही समयमा बाजवाले इमरान खानलाई याद दिलाए कि पहिले उनी (इमरान) प्लेब्वाय थिए। बाजवाको जवाफमा इमरान खानले भने, “हो, म पहिले प्लेब्वाय थिएँ र मैले कहिल्यै पनि म देवदूत हुँ भनेर दाबी गरेको छैन।” इमरान खानले त्यतिखेर जनरल बाजवाले आफुलाई सत्ताबाट हटाउने मन बनाइसकेकोमा शंका लागेको बताए ।
इमरान खानले भने, “मलाई थाहा भयो कि जनरल बाजवाले मसँग सावधानीपूर्वक दोहोरो खेल खेलिरहेका थिए, त्यसपछि उनले शाहबाज शरीफलाई सत्तामा पुग्न मद्दत गरे र बाजवाले मेरो पीठमा छुरा हाने।” सत्तामा रहँदा इमरान खानले बाजवाको कार्यकाल बढाएको विषयमा पनि बयान दिएका थिए । इमरान खानले भने, ‘बाजवाको कार्यकाल बढाउनु मेरो गल्ती थियो । कार्यकाल बढ्दै जाँदा बाजवाले आफ्नो वास्तविक रंग देखाउँदै मेरो सरकारविरुद्ध षड्यन्त्र रच्न थाले।’







डिसी नेपाल







Facebook Comment