दिल्ली उडेको विमानमा महिला यात्रुमाथि पुरुषले पिसाब फेरिदिएपछि…

डिसी नेपाल
२० पुष २०७९ १३:२८
10.0k
Shares

नयाँ दिल्ली। नोभेम्बरमा एयर इन्डियाको फ्लाइटको बिजनेश क्लासमा एक महिला सहयात्रीलाई मदिराले मातेका एक व्यक्तिले पिसाब गरिदिएका र कुनै कारवाहीमा नपरी उम्किएका थिए। घटनाको केही हप्ता पछि एयर इन्डियाले ती अटेरी व्यक्तिलाई नो–फ्लाई सूचीमा राख्न सिफारिस गरेको छ।

नागरिक उड्डयन महानिर्देशनालयले एयरलाइन्ससँग प्रतिवेदन मागेको छ। ‘हामीले लापरवाही गर्नेलाई कारबाही गर्छौं,’ नियामक महानिर्देशनालयले भनेको छ। नोभेम्बर २६ मा न्युयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको उडानको बिजनेश क्लासमा ७० वर्षकी एक सह–यात्रीलाई मातेको यात्रुले कथित रूपमा जिपि खोलेर पिसाब फेरिदिएका थिए।

लन्चपछि पछि बत्ती मधुरो भएकोले के भइरहेको थियो भनेर थोरैले बुझेका थिए। पिसाब गरिसकेपछि अर्को यात्रुले उसलाई छोड्न नभनेसम्म ती व्यक्ति त्यहाँबाट नसरेको प्राप्त विवरणहरुमा जनाइएको छ।

महिलाले चालक दलसँग गुनासो गरेकी थिइन्। उनको लुगा, जुत्ता र झोला पिसाबले भिजेको बताइन्। चालक दलले कथित रूपमा उनलाई लुगा र चप्पल दिए र उनको सिटमा फर्किन भनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *