म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको भन्ने हल्ला मात्रै हो :क्यान

डिसी नेपाल
२० पुष २०७९ १४:१३
56
Shares

काठमाडौं। नेपाल क्रिकेट संघले काठमाडौंमा जारी नेपाल टि-२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको भनेर झूठो हल्ला फैलाएको आरोप छ।

कीर्तिपुरको क्रिकेट मैदानमामा ९ पुसदेखि चलिरहेको प्रतियोगितामा भ्रामक तथा मिथ्या सूचना फैलिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली क्रिकेट र राष्ट्रको नाममा ठेस पुऱ्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न संघ प्रतिबद्धता रहेको जनाएको छ।

यस प्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको लिगको एन्टि कर्पसन युनिटमा उजुरी दिन अनुरोध पनि गरेको छ। साथै मिथ्यता तथा भ्रामक सूचना नफैलाउन संघले सबैलाई अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *