अमेरिकामा १०० वर्षमा पहिलो पटक सभामुख निर्वाचित हुन सकेन, म्याकार्थीको प्रयास असफल

डिसी नेपाल
२० पुष २०७९ १४:५४
56
Shares

काठमाडौं । अमेरिकी संसदमा करिब एक सय वर्षमा पहिलो पटक सभामुखबिना नै सदन स्थगित गर्नुपर्‍यो । रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थी मंगलबार प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुन सकेनन्। धेरै प्रयास गर्दा पनि उनी असफल भए ।

मंगलबार रातिको बैठक सभामुखबिना नै स्थगित भएको थियो । पहिलो चरणको मतदानमा सभामुखको निर्वाचन हुन नसकेपछि सन् १९२३ पछि पहिलोपटक यस्तो भएको हो ।

नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । म्याकार्थीलाई जित्नका लागि केही मत आवश्यक थियो। तर, उनले आफ्नै पार्टीमा विरोधको सामना गर्नुपरेको थियो ।

एक रिपब्लिकन लबीस्टले भने, “म्याकार्थीले केही समूहहरूमा साथी बनाएका छैनन्। उनले धेरै शत्रु बनाए। राजनीतिक र व्यक्तिगत कारणले उनलाई धेरैले मन पराउँदैनन् ।

उनलाई विजयी हुन २१८ मत आवश्यक थियो । रिपब्लिकन पार्टीसँग २२२ सिट भए पनि पार्टीका १९ चरम दक्षिणपन्थी नेताहरु उनको विरुद्धमा उत्रिए ।

अमेरिकी संसदमा सभामुख पदका लागि लगातार तीन पटक चुनाव भए पनि क्यालिफोर्नियाका सांसद म्याकार्थीले जित्न सकेनन् । अब बुधबार पनि सभामुख पदका लागि मतदान हुँदैछ र सभामुखको निर्णय नभएसम्म मतदान जारी रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *