इरानमा सुरक्षा अधिकारीको गोली हानी हत्या
काठमाडौं । इरानको सरकारी सञ्चारमाध्यमले रिभोलुसनरी गार्डका एक सदस्यलाई उनको घरबाहिर गोली हानेर हत्या गरिएको जनाएको छ ।
हत्याको कारण खुल्न नसकेको तर सञ्चारमाध्यमले यसको पछाडि लुटपाट भएको बताएको छ ।
सुरक्षा अधिकारी र इरानका जनताबीच तनाव भइरहेका बेला यो हत्या भएको हो।
मानिसहरु सडकमा उत्रिएका छन् र इस्लामिक धर्मगुरुहरुको वर्चस्व रहेको राजनीतिक व्यवस्थाको अन्त्यको माग गर्दै छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment