अर्जेन्टिनी स्टार एन्जो किन्न चेल्सी तयार
काठमाडौं। कतार विश्वकपका स्टार एन्जो फर्नान्डेजलाई ठूलो रकम खर्च गर्न इंग्लिस प्रिमियर लिग क्लब चेल्सी तयार भएको छ।
अर्जेन्टिनाको २१ वर्षीय मिडफिल्डरले कतार विश्वकपमा युवा खेलाडीको अवार्ड प्राप्त गरेका थिए।
एन्जोले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपनि चेल्सी एन्जो लिन तम्सिएको हो।
चेल्सीले बेन्फिका स्टारलाई भित्राउन एक सय १२ मिलियन पाउन्ड खर्च गर्न तयार भएको बताएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment