हिजाबबिना खेलेकी इरानी खेलाडीलाई स्वदेश नफर्किन चेतावनी
तेहरान। कजाकिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाबबिना सहभागी भएकी इरानकी चेस खेलाडी मंगलबार स्पेन पुगेकी छिन्। स्वदेश नफर्किन धम्की आएपछि उनी स्पेन पुगको उनी निकट स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
सन् १९७७ मा जन्मिएकी सारा खादेम गत साता अलमेटीमा एफडीई वल्र्ड रेपिड एन्ड ब्लिज चेस च्याम्पियनसिपमा हिजाब बिना सहभागी भएकी थिइन् प्रतियोगितापछि खामलाई स्वदेश विभिन्न फोनकलमार्फत नफर्किन चेतावनी दिइएको ती सञ्चार माध्यमहरुले जनाएका छन्। ‘आफ्नो समस्या समाधान गर्ने ’ प्रतिज्ञासहित उनी स्वदेश फर्किनुपर्ने अन्यले जनाएका छन्।
सोही विषयलाई लिएर इरानमा उनका अभिभावक र आफन्तले पनि धम्की पाएको प्राप्त विवरणहरुमा जनाइएको छ।
हिजाब नलगाएको आरोपमा सेप्टेम्बरको दोसो साता नैतिक प्रहरीको नियन्त्रणमा रहेकी एक युवतीको हिरासतमै मृत्युपछि इरानमा अभूतपूर्व ढंगले सरकारविरोधी प्रदर्शन चलिरहेको छ। प्रदर्शनका क्रममा कम्तीमा चार सय जनाको मृत्यु भएको हजारौँ पक्राउ परेका अधिकारवादी समूहहरूले जनाएका छन्।
प्रदर्शनप्रति विभिन्न कलाकारदेखि अभिनेतालगायतले एक्यबद्धता जनाएका छन्।







डिसी नेपाल







Facebook Comment