साउदी अरेबियाले गत वर्ष उमराह गर्नेहरूको तथ्यांक सार्वजनिक गर्यो

डिसी नेपाल
२१ पुष २०७९ ११:५३
84
Shares

काठमाडौं । साउदी अरबको हज तथा उमराह मन्त्रालयले सन् २०२२ मा ७० लाख मानिसले उमराह गरेको बताएको छ । जसमध्ये ४० लाख मानिस उमराह भिसामा थिए।

तीर्थयात्रीलाई सहज रुपमा उमराह गर्न सकियोस् भनेर सबै पहल गरिएको मन्त्रालयले जनाएको छ । यससँगै मन्त्रालयले मुलुकमा पर्यटन प्रवद्र्धनका लागि कस्ता कदम चालेको छ भन्ने पनि बताएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरेबियाको भिजन २०३० लाई ध्यानमा राखेर मन्त्रालयले हज र उमराहसम्बन्धी नीतिहरू बनाएको हो। यी नीतिहरू समृद्ध अर्थतन्त्र, जीवन्त समाज र आकांक्षी राष्ट्रका तीन स्तम्भमा आधारित छन्।

मन्त्रालयले तीर्थयात्रीहरूको सुविधाका लागि १४ विभिन्न भाषामा १३ वटा सचेतना गाइड र उमराहसम्बन्धी विस्तृत गाइड जारी गरेको छ । यसबाट उमराह तीर्थयात्रीहरूले आउनु अघि सबै आवश्यक धार्मिक, चिकित्सा र प्रक्रियागत जानकारी प्राप्त गर्न सक्नेछन्।

पर्यटक, तत्काल, पारिवारिक भिसा, बेलायत र अमेरिकी भिसा धारकहरूलाई उमराहका लागि आउन अनुमति दिनुलाई पनि मन्त्रालयले उपलब्धिको रूपमा वर्णन गरेको छ।

मन्त्रालयले उमराह भिसालाई ३० बाट ९० दिनसम्म बढाएर साउदी अरेबियामा निर्माण भएका ऐतिहासिक सम्पदा र धार्मिक स्थलहरूको भ्रमण गर्नका लागि उमराह जाने तीर्थयात्रीलाई अनुमति दिएको पनि संकेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *