प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

डिसी नेपाल
२१ पुष २०७९ १५:३३
1.7k
Shares

काठमाडौं। एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। २५ पुसमबाट संघीय संसदको अधिवेशन सुरु हुँदैछ।

२६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *