संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्बदलीय बैठक

डिसी नेपाल
२२ पुष २०७९ ९:४९
52
Shares

काठमाडौं। प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ।

त्यसअघि आज दिउँसो १ बजे सर्बदलीय बैठक डाकिएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *