भरुवा बन्दुकसहित ५२ वर्षीय व्यक्ति पक्राउ
मकवानपुर। भरुवा बन्दुकसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गढी गाउँपालिका-७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment