तीन दिनमा ११ पटक मतदान गरेपछि पनि प्रतिनिधिसभाको सभामुख चयन हुन सकेन

डिसी नेपाल
२३ पुष २०७९ १०:२३
32
Shares

काठमाडौं । अमेरिकामा लगातार ११ दिनसम्म मतदान भए पनि प्रतिनिधिसभाको सभामुख चयन हुन सकेन । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बिहीबार भएको मतदानमा रिपब्लिकन सांसद केभिन म्याकक्याथी सभामुखमा पुन: निर्वाचित हुन सकेनन् ।

उनले आफ्नै दलका सांसदको समर्थन पाइरहेका छैनन् । नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । क्यालिफोर्नियाका सांसद केभिन म्याकाथीलाई जित्नका लागि २१८ मत चाहिएको थियो ।

रिपब्लिकन पार्टीसँग २२२ सिट भए पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनको विपक्षमा परेका छन् । रिपब्लिकन राल्फ नर्मन, जसले केभिन म्याकक्याथीलाई भोट दिएनन्, उनले भने कि उनी म्याकक्याथीलाई विश्वास गर्दैनन्।

सन् १८६० पछि अमेरिकी संसदको तल्लो सदनले सभामुख पदका लागि यति धेरै पटक मतदान गरेको यो पहिलो पटक हो। त्यतिबेला सभामुख पदका लागि ४४ पटक मतदान भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *