६ वर्षीय बालकले स्कुलमा शिक्षकलाई गोली हाने, प्रहरीले भन्यो– यो दुर्घटना थिएन

डिसी नेपाल
२३ पुष २०७९ १४:५४
68
Shares

काठमाडौं । अमेरिकाको भर्जिनियामा एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ ६ वर्षीय बालकले कक्षाकोठामा गोली हानेका छन् । गोली लागेर कक्षामा पढाउने शिक्षक गम्भीर घाइते भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार यो घटना भर्जिनियाको रिचनेक इलिमेन्टरी स्कूलमा भएको हो। तर, गोली प्रहारबाट कुनै पनि विद्यार्थी घाइते भएनन् ।

स्थानीय प्रहरी प्रमुख स्टिभ ड्र्युले गोली प्रहार गर्ने व्यक्ति ६ वर्षको बालक रहेको बताए । प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित महिला शिक्षिका रहेको र उनको उमेर ३० वर्ष रहेको प्रहरीले जनाएको छ । गोली लागेर महिला शिक्षिकाको अवस्था गम्भीर छ । यो दुर्घटना नभएको प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भीर घाइते भएकी महिला शिक्षिकालाई अस्पताल लगिएको छ । उनको उपचार चलिरहेको छ । यता प्रहरीले घटनाको कारण थाहा पाउन प्रयास गरिरहेको छ । शहरका स्कूल सुपरिटेन्डेन्ट जर्ज पार्करले भने: “म स्तब्ध छु र म निराश छु। बालबालिका र युवाहरूलाई बन्दुक उपलब्ध नहुने कुरा सुनिश्चित गर्न हामीलाई समुदायको समर्थन चाहिन्छ।”

गत मे, टेक्सासमा एक १८ वर्षीय बन्दुकधारीले १९ बालबालिका र दुई शिक्षकको हत्या गरेका थिए । रिपोर्टका अनुसार अमेरिकामा गत वर्ष बन्दुकको गोलीकाण्डका कारण करिब ४४ हजारको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *