कन्टेनरबाट बरामद भयो १ करोड मूल्यको रेन्ज रोभर, चोरी गरी विदेश पठाइँदै थियो

डिसी नेपाल
२४ पुष २०७९ ११:३९
148
Shares

काठमाडौं । चोरहरूले बेलायतमा एन्थोनी र डेनियल विल्सनको एक करोड भारु मूल्यको रेन्ज रोभर मात्र ६३ सेकेन्डमा चोरेका छन् । चोरीको यो घटना सिसिटिभीमा कैद भएको छ । भिडियोमा दुई जनाले कार चोरेको देख्न सकिन्छ ।

तर अचम्मको कुरा के छ भने एन्थोनीको रेन्ज रोभर अफ्रिकाको कंगो जाँदै गरेको कन्टेनरबाट बरामद भएको छ । प्रहरीले ठीक समयमा बन्दरगाहमा कन्टेनर नसमातेको भए यो रेन्ज रोभर अफ्रिकाको कंगोसम्म पुग्ने थियो । यसअघि पनि महँगो कार तस्करीका घटना बाहिर आएका छन् ।

पछिल्लो समय यस्ता घटना बढ्दै गएको प्रहरीको भनाइ छ । एसेक्स प्रहरीको स्टोलेन भेहिकल इन्टेलिजेन्स युनिटले सन् २०२१ मा ४८० वटा चोरीका गाडी बरामद गरेको थियो जुन सन् २०२२ मा बढेर ६०० पुगेको छ । यस प्रकारका चोरीका पछाडि सिङ्गो संगठित गिरोहको हात रहेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *