राष्ट्रपतिको प्यान्टबाट पिसाब चुहिएको भिडियो सार्वजनिक भएपछि…

डिसी नेपाल
२५ पुष २०७९ १०:०४
672
Shares

सुडान। दक्षिण सुडानका अधिकारीहरूलाई हालै पक्राउ परेका ६ जना पत्रकारको रिहा गर्न मिडिया अधिकार समूहहरूले आह्वान गरेका छन्। एक कार्यक्रममा राष्ट्रपति साल्भा किरको पाइन्टबाट पिसाब चुहिएको एक भिडियो सार्वजनिक भएपछि पक्राउ परेका पत्रकारहरूलाई रिहा गर्न समूहरुले आग्रह गरेका हुन्।

कमिटी टु प्रोटेक्ट जर्नालिस्टका अनुसार सोही भिडियोलाई लिएर राज्य सञ्चालित दक्षिण सुडान ब्रोडकास्टिङ कर्पोरेशनका कर्मचारीहरूलाई राष्ट्रिय सुरक्षा सेवाका एजेन्टहरूले मंगलबार पक्राउ गरेका थिए। डिसेम्बरमा सामाजिक सञ्जालमा भाइरल भएको फुटेजको बारेमा उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ।

युट्युबमा पोष्ट गरिएको भिडियोमा कालो टोपी र खरानी रंगको पोशाक लगाएर सार्वजनिक कार्यक्रममा सहभागी किरको बायाँ ट्राउजरको खुट्टामा भिजेको देखिन्छ। उनले कार्यक्रममै पिसाव चुहाएको अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *