‘पूर्व सेना प्रमुखले इमरान खानलाई सत्ताबाट हटाउने षड्यन्त्र रचे’

डिसी नेपाल
२५ पुष २०७९ १२:१५
24
Shares

काठमाडौं । पाकिस्तानका पूर्व सूचना तथा प्रसारण मन्त्री फवाद अहमद चौधरीले इमरान खानलाई सत्ताबाट हटाउने षडयन्त्रमा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवासहित केही जनरलहरू संलग्न रहेको आरोप लगाएका छन् ।

बीबीसी कार्यक्रम हार्ड टकका प्रस्तोता स्टीफन सेकरसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । फवाद चौधरीले भने, “सेनाले पीटीआई (इमरान खानको पार्टी) लाई सत्तामा आउन मद्दत गर्‍यो, तर हामीलाई षडयन्त्र अन्तर्गत सत्ताबाट हटाइयो, जसमा केही सेनाका जनरलहरू संलग्न थिए।”

फवाद चौधरीलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईका डीजी नदीम अन्जुमको प्रेस सम्मेलनको बारेमा पनि सोधिएको थियो। पत्रकार सम्मेलनमा उनले अविश्वासको मतका क्रममा इमरान खानले सेनालाई ‘असंवैधानिक काम’ गर्न भनेका थिए ।

जवाफमा फवाद चौधरीले भने, ‘हामीले पूर्व सेना प्रमुख जनरल बाजवालाई तटस्थ रहन आग्रह गरेका थियौं, जुन उनले सकेनन् ।’ जनरल बाजवाले नोभेम्बरमा पाकिस्तानको सेना प्रमुखको पदबाट अवकाश लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *