दिल्लीबाट आउँदै गरेको विमानमा रक्सी खाएर दुर्व्यवहार गर्ने २ जना यात्रु पक्राउ
काठमाडौं । दिल्लीबाट पटनातर्फ आउँदै गरेको इन्डिगोको विमानमा दुर्व्यवहार गर्ने दुई यात्रुलाई पटना प्रहरीले पक्राउ गरेको छ ।
पटना विमानस्थल निर्देशकका अनुसार इन्डिगोको विमान आइतबार राति करिब ९ः३० बजे पटना विमानस्थलमा पुगेको थियो ।
उडान अवतरण गर्नुअघि नै उनलाई उडानमा दुई यात्रुले दुर्व्यवहार गरेको जानकारी दिइएको थियो ।
त्यसपछि यो जानकारी स्थानीय प्रहरीलाई दिइएको थियो । विमान अवतरणपछि दुवै यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यस विषयमा उडान सञ्चालक र स्थानीय प्रहरीले थप कारबाही गर्ने विमानस्थल निर्देशकले बताए ।
उडान प्रबन्धकले विमानमा सवार दुई जना मादक पदार्थ सेवन गरेको लिखित उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले बीबीसीलाई बताएको छ । उनीहरु दुवै युवा र बिहारको हाजीपुरका हुन् ।
उनीहरुलाई अहिले विमानस्थल प्रहरी चौकीमा राखिएको विमानस्थल प्रहरीले जनाएको छ ।
अब उनीहरुको कोरोना परीक्षण हुनेछ । अनुसन्धान प्रतिवेदन आएपछि उनीहरुलाई एक्साइज अदालतमा पठाइने र त्यहाँबाट एक्साइज ऐन अनुसार कारबाही गरिने छ ।
बिहारमा मदिरा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
मदिरा सेवन गरेर बाहिरबाट कोही पनि यहाँ आउन नपाउने भएकाले निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा यी दुवै युवालाई कारबाही गरिने भएको छ ।







डिसी नेपाल







Facebook Comment