ब्राजिल हिंसा : दंगाकारीहरूले राष्ट्रपति निवासबाट हतियार चोरेको मन्त्रीको दाबी
काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाका एक क्याबिनेट मन्त्रीले आइतवार प्रमुख भवनहरूमा भएको हिंसामा संलग्न दंगाकारीहरूले राष्ट्रपति निवासबाट हतियार लिएर गएको दाबी गरेका छन्।
सञ्चारमन्त्री पालो पिमेन्टाले ट्वीटरमा भिडियो पोस्ट गर्दै भने, “हामी संस्थागत सुरक्षा कार्यालयको कोठामा छौं। यहाँका प्रत्येक ब्रिफकेसमा घातक र गैर-घातक हतियारहरू छन्। ती अपराधीहरूले चोरेका थिए।”
यद्यपि, ब्राजिल सरकारले आइतबार राष्ट्रपति निवास, संसद र सर्वोच्च अदालतमा आक्रमण गर्ने पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले कति हतियार चोरेका थिए भन्ने बताएको छैन।
प्रहरीका अनुसार हालसम्म करिब २ सय जना पक्राउ परेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment