नेदरल्यान्ड्सको ‘रिभर्स ब्रिज’ कुनै ‘चमत्कार’ भन्दा कम छैन, आँखाले धोका खानेछन् !

डिसी नेपाल
२५ पुष २०७९ १५:१३
3.5k
Shares

काठमाडौं । नेदरल्यान्ड्सको एउटा ‘रिभर्स ब्रिज’ को भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ, जसलाई देखेर मानिसहरु आफ्नो आँखालाई विश्वास गर्न सक्दैनन् ।

पुलको ड्रोन फुटेज सार्वजनिक भएको छ, जसमा त्यहाँबाट गुज्रिरहेका सवारीसाधन केही सेकेन्डका लागि पानीमा अचानक गायब भएको देख्न सकिन्छ । एल्विन फु नामका एक प्रयोगकर्ताले रिभर्स ब्रिजको भिडियो ट्विटरमा सेयर गरेका छन् । पुलको बिचमा अर्थात् पानीको भागमा एक्कासी गायब हुने र केही सेकेन्डपछि पुलको अर्को छेउमा केही सवारीसाधन गुड्ने गरेको देखिन्छ ।

पहिलो पटक भिडियो हेर्दा पानीमुनि सवारीसाधन गायब भई फेरि पुलको अर्को छेउमा देखा परेको महसुस गर्नुहुनेछ । वास्तवमा सडकको सतह पानीमुनि बनेको छ र त्यसमाथि पानी बग्ने व्यवस्था छ, जसले गर्दा पानीको बाटोमा कुनै परिवर्तन हुँदैन।

यो भिडियो केहि समय अघि शेयर गरिएको थियो तर यो एक पटक फेरि चर्चामा आएको छ । भिडियोलाई हालसम्म ९४ लाख मानिसले हेरिसकेका छन् । ट्विटर प्रयोगकर्ताहरूले यसबारे धेरै प्रतिक्रिया दिइरहेका छन्।

एक प्रयोगकर्ता भन्छन्, ‘पहिलो नजरमा केही बुझिएन। यो अद्भुत देखिन्छ।’ अर्को प्रयोगकर्ता भन्छन्, ‘यो कस्तो अविश्वसनीय रूपमा राम्रो छ।’ अर्कोतर्फ, तेस्रो प्रयोगकर्ताले भने, ‘यसको सुन्दरता देखेर मात्रै मानिसहरूले धेरै आराम पाइरहेका छन्।’ अर्का प्रयोगकर्ताले यसलाई ‘युनिक इन्जिनियरिङ’ भनेका छन् ।

यो पुल २००२ मा जनताको लागि खोलिएको थियो र नेदरल्याण्ड्सको अधिकांश भागलाई विश्वको सबैभन्दा ठूलो कृत्रिम टापु फ्लेभोल्याण्डसँग जोड्दछ। यसको ड्रोन फुटेज रटगर डेन हर्टोजले खिचेका हुन् । यस अन्डरपासबाट दैनिक करिब २८ हजार गाडी गुड्छन् । यो पुल २२,००० घनमिटर कंक्रीटबाट बनेको छ, जसले माथिबाट बग्ने पानी र डुङ्गाको भार सहन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *